यी हुन् कागती पानी पिउनुका फाइदाहरु « Khabarhub

यी हुन् कागती पानी पिउनुका फाइदाहरु


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाई कागती पानी कतिको पिउनु हुन्छ ? यदि पिउनु हुन्छ भने खुसीको खबर । कागती पानी पिउनेहरूले नपिउनेको तुलनामा धेरै स्वास्थ्य लाभ पाउँछन् ।

कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागती पानी पिउनुको धेरै फाइदा भनेको तौल घटाउन सहयोग पुग्नु हो । अरु के के छ त फाइदा –

– बिहान बिहान कागती पानी सेवन गरेमा यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

– कागती पानीको सेपनले रक्तसञ्चारसँग जोडिएका समस्यामा लाभ पुग्दछ ।

– आँखाको समस्याबाट बच्न पनि कागती पानीले लाभ पुर्याउँछ ।

– मधुमेह रोगीकालागि समेत कागती पानीले फाइदा गर्छ ।

– खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

– कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

– रुघाखोकीको उपचारमा कागती पानीको सेवन उपयोगी हुन्छ ।

– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

– कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।

– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई पनि स्वस्थ राख्छ ।

– कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

– हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन ।

– कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : २५ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले