कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान « Khabarhub

कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् ।

चौहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् ।  चौहानले दुई सय २९ मत ल्याउँदा बास्तोलाले एक सय ६० मतमै चित्त बुझाए ।

उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन् । उपसभापतिका प्रतिस्पर्धी कमलमणि खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मतमै चित्त बुझाएका छन् ।

सचिवमा श्रीबहादुर विष्ट र दिपेश खत्री विजयी भएका छन् । विष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । सचिवकै उम्मेदवार गजेन सुब्बा, विनोद न्यौपानेले र मोहन पराजुली पराजित भएका छन् ।

सहसचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : १५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते