कांग्रेस महाधिवेशन : रुपन्देहीमा कुटाकुट, उम्मेदवारसहित ५ जना घाइते « Khabarhub

कांग्रेस महाधिवेशन : रुपन्देहीमा कुटाकुट, उम्मेदवारसहित ५ जना घाइते


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा कुटाकुट भएको छ ।

विवाद चर्किएपछि भएको कुटाकुटमा क्षेत्रीय सचिव पदका उम्मेदवारसहित ५ जना घाइते भएका छन् । मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।

घटना हुँदा कम्तीमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।

घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : २० बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन