कर्णाली प्रदेश सरकारले पहिलो चौमासिकमा पाँच प्रतिशत मात्रै खर्च ! « Khabarhub

कर्णाली प्रदेश सरकारले पहिलो चौमासिकमा पाँच प्रतिशत मात्रै खर्च !


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत मात्र बजेट खर्च गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म कूल बजेटको ४.८३ प्रतिशत बजेट खर्च भएको हो ।

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको कुल ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार बजेटमध्ये पहिलो चौमासिकसम्ममा एक अर्ब ७६ करोड ४४ लाख ८२ हजार बजेट खर्च गरेको छ । यो कुल बजेटको ४.८३ प्रतिशत मात्र हो ।

चालू आर्थिक वर्षको पूँजीगतभन्दा चालूतर्फ बढी खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । ‘चालूतर्फको १४ अर्ब ८८ करोड १६ लाख १३ हजारमा एक अर्ब १२ करोड ३७ लाख एक हजार खर्च भएको छ । यो कुल खर्च भध्ये ७.५५ प्रतिशत खर्च हो ।’ उनले भनिन्, ‘विकासतर्फको २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेटमा ६४ करोड सात लाख ८० हजार भएको छ । यो कुल बजेटको २.९६ प्रतिशत हुन आउँछ ।’

सबैभन्दा धेरै मुख्य न्यायाधिवक्ताको कार्यालयले करिब १९ प्रतिशत बजेट खर्च गरेको छ भने रकमको हिसाबले सामाजिक विकास मन्त्रालयले ५७ करोड ८२ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयको कुल बजेट ५ अर्ब ८३ करोड २१ लाख ३८ हजार र सबैभन्दा कम जल स्रोत तथा ऊर्जा विकास मन्त्रालयले १.४२ प्रतिशत मात्रै खर्च गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : २३ बजे

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा