मलाइकाले ‘छैयाँ छैयाँ’मा नाँच्दा कम्मरबाट बगेको थियो रगत « Khabarhub

मलाइकाले ‘छैयाँ छैयाँ’मा नाँच्दा कम्मरबाट बगेको थियो रगत


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’ भन्नासाथ जोकोहीले यो फिल्मको गीत ‘चल छैयाँ छैयाँ’ सम्झन्छन् । सुखविन्दर सिंह र सपना अवस्थीले गाएको यो गीतमा अभिनेत्री मलाइका अरोडाको आइटम नृत्य र उनीसँग रमाउदै नाँचेका अभिनेता शाहरुख खानको दृश्य निकै लोभलाग्दो छ ।

यो गीत पछि नै मलाइका बलिउडको ‘डान्सिङ डिवा’ बनिन् । तर यो गीतको नृत्य हेर्दा दर्शक जति रमाइलो मान्छन्, यसको सुटिङको क्षण उत्तिकै पीडादायी छ । कुदिरहेको रेलमाथि खिचिएको यो गीतको सुटिङ सक्न घण्टौं समय लागेको थियो ।

यो गीतको सुटिङमा मलाइकाको कम्मरबाट रगत नै बगेको थियो । कुनै पनि गीतको सुटिङ पुरा गर्न एक दुई दिनको समय लाग्छ । तर ‘छैयाँ छैयाँ’ गीत जमिनमा नभई कुदिरहेकाे रेलमा खिचिएकाले यसलाई पुरा गर्न त्यो भन्दा बढी समय लाग्यो । कुदिरहेको रेलमा खिचिएका कारण मलाइका र शाहरुखसँग कोरस रेलबाट लड्लान भन्ने डर निर्माण पक्षलाई उत्तिकै थियो ।

मलाइकालाई यो गीतमा जोडदारसँग नाँच्नु पर्ने थियो । उनको सुरक्षालाई मध्यनजर गर्दै मलाइकाको कम्मरमा डोरी बाँधिएको थियो । डोरीलाई रेलमा जोडिएको थियो । जसो जसो रेल तिब्र गतिमा चल्थ्यो, त्यो गतिका कारण मलाइकाको कमरमा घाउ भयो । उनलाई दुखाई उतिकै तिब्र भयो । तर उनी रोकिइनन्, निरन्तर नाँचिरहिन् ।

सुटिङ सकिएपछि जसै कम्मरको डोरी निकालियो, उनको कम्मरबाट रगत बग्न थाल्यो । उनको कम्मरमा निकै गहिरो चोट लागेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : ४३ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी