मलाइकाले ‘छैयाँ छैयाँ’मा नाँच्दा कम्मरबाट बगेको थियो रगत « Khabarhub

मलाइकाले ‘छैयाँ छैयाँ’मा नाँच्दा कम्मरबाट बगेको थियो रगत


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’ भन्नासाथ जोकोहीले यो फिल्मको गीत ‘चल छैयाँ छैयाँ’ सम्झन्छन् । सुखविन्दर सिंह र सपना अवस्थीले गाएको यो गीतमा अभिनेत्री मलाइका अरोडाको आइटम नृत्य र उनीसँग रमाउदै नाँचेका अभिनेता शाहरुख खानको दृश्य निकै लोभलाग्दो छ ।

यो गीत पछि नै मलाइका बलिउडको ‘डान्सिङ डिवा’ बनिन् । तर यो गीतको नृत्य हेर्दा दर्शक जति रमाइलो मान्छन्, यसको सुटिङको क्षण उत्तिकै पीडादायी छ । कुदिरहेको रेलमाथि खिचिएको यो गीतको सुटिङ सक्न घण्टौं समय लागेको थियो ।

यो गीतको सुटिङमा मलाइकाको कम्मरबाट रगत नै बगेको थियो । कुनै पनि गीतको सुटिङ पुरा गर्न एक दुई दिनको समय लाग्छ । तर ‘छैयाँ छैयाँ’ गीत जमिनमा नभई कुदिरहेकाे रेलमा खिचिएकाले यसलाई पुरा गर्न त्यो भन्दा बढी समय लाग्यो । कुदिरहेको रेलमा खिचिएका कारण मलाइका र शाहरुखसँग कोरस रेलबाट लड्लान भन्ने डर निर्माण पक्षलाई उत्तिकै थियो ।

मलाइकालाई यो गीतमा जोडदारसँग नाँच्नु पर्ने थियो । उनको सुरक्षालाई मध्यनजर गर्दै मलाइकाको कम्मरमा डोरी बाँधिएको थियो । डोरीलाई रेलमा जोडिएको थियो । जसो जसो रेल तिब्र गतिमा चल्थ्यो, त्यो गतिका कारण मलाइकाको कमरमा घाउ भयो । उनलाई दुखाई उतिकै तिब्र भयो । तर उनी रोकिइनन्, निरन्तर नाँचिरहिन् ।

सुटिङ सकिएपछि जसै कम्मरको डोरी निकालियो, उनको कम्मरबाट रगत बग्न थाल्यो । उनको कम्मरमा निकै गहिरो चोट लागेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : ४३ बजे

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी