तेस्रो विवाहको तयारीमा आमिर ! | Khabarhub Khabarhub

तेस्रो विवाहको तयारीमा आमिर !


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– गत अगष्टमा बलिउड अभिनेता आमिर खान र उनकी निर्मात्री तथा लेखिका पत्नी किरण रावले अलग्गिने निर्णय लिँदा बलिउडसँगै आमिरका फ्यानहरुलाई झड्का लागेको थियो । सन् २००५ मा विवाह गरेको यो जोडीले १६ वर्षपछि अलग्गिने निर्णय लिँदा जोकोहीले दुःख मानेका थिए ।

किरण आमिरकी दोस्रो पत्नी हुन् । उनीहरुको छोरा आजाद छन् । आमिरको पहिलो श्रीमति रिना दत्ताका छोरा जुनैद र छोरी इरासँग किरणको उत्तिकै राम्रो सम्बन्ध छ ।

यतिबेला आमिरका फ्यानहरु उनको फिल्म ‘लालसिंह चड्डा’को तिब्र प्रतिक्षामा छन् । यो फिल्मको प्रतिक्षा भइरहँदा यतिबेला सामाजिक सञ्जालमा आमिरले तेस्रो विवाह गर्न लागेको चर्चा पनि उत्तिकै छ ।

सामाजिक सञ्जालमा आमिरले ‘लाल सिंह चड्डा’को रिलिज पछि विवाहको घोषणा गर्ने चर्चा छ । अहिले नै विवाहको घोषणा गर्दा फिल्मको बक्सअफिसमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै आमिर चुप रहेको चर्चा उत्तिकै छ ।

आमिरले आफ्नै अघिल्लो फिल्मकी अभिनेत्रीसँग विवाह गर्न लागेको चर्चाले सामाजिक सञ्जाल गर्माएको छ । आमिर र किरणले सम्बन्धविच्छेद गरेको खबर सार्वजनिक हुनासाथ आमिरको नाम ‘दंगल’ अभिनेत्री फातिमा साना शेखसँग जोडिएको थियो । उनका फ्यानहरुले फातिमाकै कारण आमिरले किरणबाट अलग्गिने निर्णय लिएकोसम्म अनुमान गरेका थिए ।

वास्तविकतालाई हेर्ने हो भने आमिर र फातिमा निकै नजिक छन् । फातिमा आमिरलाई आफ्नो ‘मेन्टर’ मान्छिन् । उनीहरुले फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’मा सहकार्य गरेका छन् । आमिरले अहिलेसम्म आफूबारे सामाजिक सञ्जालमा भएको चर्चाबारे मुख खोलेका छैनन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : १७ बजे

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा