प्रचण्ड र विप्लवबीच सहकार्य गरेर अघि बढ्ने समझदारी « Khabarhub

प्रचण्ड र विप्लवबीच सहकार्य गरेर अघि बढ्ने समझदारी


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकीकरणको चर्चा चलिरहेका बेलाको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रचण्डलाई भेट्न विप्लवले शनिबार बिहान खुमलटार पुगेका थिए ।

दुई नेताबीच पार्टीगत सहकार्य गरी अघि बढ्ने समझदारी भएको बताइएको छ । मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने भन्ने विषयमा सकारात्मक छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महरासमेत सहभागी थिए । शनिबार बिहान महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : २१ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा