इलाम २ (ख) बाट कांग्रेस सभापतिमा खगेन्द्र लिम्बू निर्वाचित « Khabarhub

इलाम २ (ख) बाट कांग्रेस सभापतिमा खगेन्द्र लिम्बू निर्वाचित


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बू विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरेका छन् । लिम्बू जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य समूहबाट प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए ।

उनको निकटम प्रतिस्पर्धी लक्षमण राईले एक सय सात मत पाए । उनी पूर्व जिल्ला सभापति केशव थापा निकट हुन् । त्यस्तै, लक्षमण कार्कीले ८८ मत पाएका छन् । कार्की जिल्ला सभापतिका आकांक्षी डम्बर खड्का समूहका उम्मेदवार हुन् । प्रदेश सभा क्षेत्र निर्वाचन क्षेत्रको सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यालनबाट उम्मेदवार बनेका थिए ।

उपसभापतिमा पदमा केशर लिम्बू र हरिप्रसाद कोइराला विजयी भएका छन् । लिम्बूले दुई सय ५९ र कोइरालाले दुई सय १४ मत प्राप्त गरेका छन् । चार प्रतिस्पर्धीमध्ये पुष्पराज कार्की एक सय ५३ र हेमनारायण श्रेष्ठ राजनले एक सय १६ मत पाएका छन् ।

सचिवमा धनबहादुर लिम्बू भीमबहादुर मगर निर्वाचित भएका छन् । लिम्बूले एक सय ९९ र मगरले एक सय ९१ मत प्राप्त गरेका छन् । पाँच प्रतिस्पर्धीमध्ये तुलसीकुमार बुढाथोकीले एक ४५, लोकेश अधिकारी एक सय ४२ र दिपक गौतमले ८७ मत प्राप्त गरेका छन् ।

सहसचिवमा सदेश राई र चन्द्र फियाक लिम्बु निर्वाचित भएका छन् । राईले दुई सय ६७ र लिम्बुले दुई सय २४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी भेषराज पराजुलीले एक सय ८८ मत पाएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ४७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,