विक्की र कटरीनाको विवाहमा सय बाउन्सर « Khabarhub

विक्की र कटरीनाको विवाहमा सय बाउन्सर


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– फिल्म ‘सरदार उधम’ अभिनेता विकी कौशल र ‘सूर्यवंशी’ अभिनेत्री कटरीना कैफले केही सातापछि विवाह गर्दैछन् । दुवैको विवाह डिसेम्बर ७ र ९ को बीच राजस्थानस्थित सवाई माधेपुरमा हुँदैछ । यो जोडी आफ्नो विवाहलाई एउटा सपना जस्तो बनाउनका लागि धुमधामका साथ तयारीमा जुटिसकेका छन् ।

उनीहरुले पाहुनालाई जयपुर एयरपोर्टबाट सवाई माधोपुर लैजानका लागि एकैपटक सैयौं ट्याक्सी बुक गराइसकेका छन् । जसकारण जयपुरमा अहिले ट्याक्सी पाउन नै मुस्किल भएको छ ।

अहिले भने उनीहरुको विवाहको सुरक्षाको विषयमा नयाँ खबर सार्वजनिक भएको छ । उनीहरुको विवाहको सुरक्षाको प्रबन्ध गर्न होटल सेक्युरिटीका अलावा अलग्गै सय बाउन्सर राखिएका छन् । जयपुरको एमएच सेक्युरिटी कम्पनीले यसको जिम्मेवारी लिएको छ ।

पाहुनाका लागि रणथंभौर रोडमा रहेको कैयौं पाँचतारे होटल बुक गरिएको छ । उनीहरुको विवाहमा आउने अधिकांश पाहुना मुम्बईका हुनेछन् । पाहुनालाई एयरपोर्टबाट सवाई माधोपुरसम्म बीएमडब्ल्यू, ओडी र रेञ्ज रोभर गाडीहरुमा पुर्‍याइनेछ ।

यसबाहेक दुई भेटिनी भेनको पनि व्यवस्था गरिएको छ । विवाहमा प्रयोग गरिने गाडीका झण्डै ५० ड्राइभरलाई बस्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : ०५ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना