सोमालियास्थित साउदी अरबको दूतावास फेरि खुल्ने « Khabarhub

सोमालियास्थित साउदी अरबको दूतावास फेरि खुल्ने


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुल्ला गर्ने घोषणा गरेको छ ।

साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पूनःखोलिने भएको हो । आपसी सहयोग र सम्वन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य गर्न दूतावास पूनःखोल्ने निश्कर्षमा पुगिएको अधिकारीको भनाइ छ ।

दूतावास पुनःसञ्चालनमा ल्याउने र आपसी सम्वन्ध र सहकार्यलाई बढाउने बारेमा छलफल गर्न साउदी अरबको टोलीले गत जुनमा सोमालियाको भ्रमण गरेको थियो ।

साउदी अरबले सन् १९९१ मा सोमालियामा रहेको आफ्नो दूतावास बन्द गरेको थियो । सोमालियामा त्यति बेला भएको आन्तरिक युद्धलाई कारण देखाउँदै साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : २० बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको