एमाले महाधिवेशन : प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरि थरि आइटम (मेनुसहित) « Khabarhub

एमाले महाधिवेशन : प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरि थरि आइटम (मेनुसहित)


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ ।

बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि होटेलका ३५ सय बेड बुकिङ गरिएको छ । बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ । ११ मंसिर बिहान र बेलुका र १२ मंसिर बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुनेछ ।

१० मंसिर बेलुकी एमाले अध्यक्ष केपी ओलीको तर्फबाट विशेष खानाको व्यवस्था गरिएको छ । १२ मंसिर बेलुकीको खाना महाधिवेशन प्रतिनिधि बस्ने होटलमै व्यवस्थापन हुनेछ । उक्त खानाको परिकार तयार पार्नका लागि सोल्टी र हायात होटलबाट अनुभवी सेफ ल्याउने तयारी भएको छ ।

सेभेन स्टार होटल सौराहाका सञ्चालक माधव दवाडीका अनुसार तीन छाकमा १०-१० प्रकारका खानाको व्यवस्था हुनेछ । हरेक छाकमा खसीको मासु, कुखुराको मासु र माछा हुनेछ । पहिलो छाकमा सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल रहने छन् ।

दोस्रो छाकमा सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना हुने सञ्चालक दवाडीले जानकारी दिए ।

अन्तिम तथा तेस्रो छाकमा भने सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई रहने छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : ५२ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक