रुपान्तरणको सन्देश दिनुछ : महामन्त्री शर्मा « Khabarhub

रुपान्तरणको सन्देश दिनुछ : महामन्त्री शर्मा


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि सोमबार पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए ।

“देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माले भने ।

कांग्रेस १४औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा ठूलो नेतृत्वपङ्ति बाहिर रहेको अवस्था दर्शाउँदै उनले त्यसलाई संयोजन गर्ने दायित्व सभापतिका साथै आफ्नो पनि रहेको उल्लेख गरे । तीन वर्ष कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालीसकेका उनले आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फरक प्रसङगमा महामन्त्री शर्माले नेपालको संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रतालगायत जनताका मौलिक हकका पक्षमा आफू सदैव अडिग रहेको बताउँदै कुनै पनि मुलुकमा रहेको स्वतन्त्र मिडिया र दलगत प्रतिस्पर्धाले नै त्यस मुलुकको प्रजातन्त्रको स्तर निर्धारण हुने उल्लेख गरे । पचास वर्षीय उनी कांग्रेसको हालै सन्पन्न १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ६ : ०० बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन