कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन « Khabarhub

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेका छन् । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् ।

२०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बन्नुभएका बस्नेत र विसं २०७६ माघ १६ गते १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुङ्गाना पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएपछि नेविसङ्घ र तरुण दल नेतृत्वविहीन बनेको हो ।

पार्टीको खुलातर्फ केन्द्रीय सदस्यको आइतबार सम्पन्न मतगणनामा बस्नेत दुई हजार ५५७ र ढुङ्गाना एक हजार ८९६ मत ल्याएर निर्वाचित भए । कांग्रेसले दुवै भ्रातृ संस्थाका पदाधिकारी बनाए पनि केन्द्रीय समितिलाई भने पूर्णता दिएको थिएन ।

पार्टीको विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी एवं सदस्य भ्रातृ संस्थाको पदाधिकारी एवं सदस्य नहुने उल्लेख गरेको छ । साथै भ्रातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए पनि निजको भ्रातृ संस्थाको पद स्वतः रिक्त हुने विधानमा व्यवस्था छ । बस्नेत र ढुङ्गानाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूले नेतृत्व गरिरहेको भ्रातृ संस्थाको पदबाट राजीनामा दिएका थिएनन्।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ५ : ४० बजे

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं– चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत