कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन « Khabarhub

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेका छन् । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् ।

२०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बन्नुभएका बस्नेत र विसं २०७६ माघ १६ गते १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुङ्गाना पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएपछि नेविसङ्घ र तरुण दल नेतृत्वविहीन बनेको हो ।

पार्टीको खुलातर्फ केन्द्रीय सदस्यको आइतबार सम्पन्न मतगणनामा बस्नेत दुई हजार ५५७ र ढुङ्गाना एक हजार ८९६ मत ल्याएर निर्वाचित भए । कांग्रेसले दुवै भ्रातृ संस्थाका पदाधिकारी बनाए पनि केन्द्रीय समितिलाई भने पूर्णता दिएको थिएन ।

पार्टीको विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी एवं सदस्य भ्रातृ संस्थाको पदाधिकारी एवं सदस्य नहुने उल्लेख गरेको छ । साथै भ्रातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए पनि निजको भ्रातृ संस्थाको पद स्वतः रिक्त हुने विधानमा व्यवस्था छ । बस्नेत र ढुङ्गानाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूले नेतृत्व गरिरहेको भ्रातृ संस्थाको पदबाट राजीनामा दिएका थिएनन्।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ५ : ४० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल