एनबीआईले सन् २०२२ डिसेम्बरमा ‘राष्ट्रिय जिम्मेवार व्यवसाय सम्मेलन’ गर्ने | Khabarhub Khabarhub

एनबीआईले सन् २०२२ डिसेम्बरमा ‘राष्ट्रिय जिम्मेवार व्यवसाय सम्मेलन’ गर्ने


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय व्यवसायिक पहल(एनबीआई)ले काठमाडौंमा आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रले राष्ट्रको आर्थिक सुदृढिकरणमा अहम भूमिका खेलेको बताए ।

जोशीले संस्थालाई स्थापना कालदेखि नै शान्ति सुव्यवस्था कायम गर्न, जिम्मेवार व्यवसाय तथा उद्यमशीलता प्रवद्र्धन गर्न, व्यवसाय गर्न सहज वातावरण निर्माणका लागि आवश्यक नीति तथा कानूनको व्यवस्थाको लागि पहल गर्न विगतको डेढ दशकसम्म साथ दिएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रलाई आ–आफ्नो क्षेमा भएका समस्या र अप्ठ्याराहरुलाई अघि सार्न र त्यसको समाधान, सहजीकरण र आवश्यक नीतिगत व्यवस्था गरी समावेशी सामाजिक तथा आर्थिक विकासमार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन निजी क्षेत्रसँग हातेमालो गर्न आफू तयार रहेको बताए ।

संस्थाका महासचिव सुरेन्द्रवीर मालाकारले आर्थिक वर्ष २०७७÷०७८ को प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले आयोजना गर्दै आएको ‘राष्ट्रिय जिम्मेवार व्यवसाय सम्मेलन’को चौथो संस्करण सन् २०२२ को डिसेम्बरमा गर्ने जानकारी दिए ।

यसका अलावा संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै कोमिड १९ को महामारीसँग जुध्न अक्सिजन प्लान्ट अस्पतालहरुलाई वितरण गरिएको विवरण प्रस्तुत गरे ।

वर्षभर गरेका विकास परियोजना अन्तर्गतका मानव बेचविखन विरुद्धको अभियान, महामारीले थलिएका साना, घरेलु सुक्ष्म तथा मझौला व्यवसायको पुनरोत्थानका लागि आवश्यक नीतिगत सुधार तथा व्यवस्था समेटिएको अध्ययन तथा रणनीति कार्यस्थलमा हुने हिंसा तथा दुव्र्यवहार सम्बन्धी आचारसंहिता तथा सामाजिक सुरक्षा कोष सम्बन्धी कार्यशाला गोष्ठी लगायतका क्रियाकलापका बारेमा प्रष्ट पारे । उनले हालैमात्र संस्थाले प्रदेश नं १ केन्द्रित विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन सम्बन्धी परियोजनाका बारेमा समेत संक्षिप्त जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष दीपककुमार मलहोत्राले आर्थिक वर्ष २०७७–७८ को आर्थिक प्रतिवेदन पेश गरे । सभाले महासचिव र कोषाध्यक्षले पेश गरेको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाका संस्थापक अध्यक्ष पद्म ज्योतिले सफल व्यवसाय विना सफल समाज बन्न नसक्ने तथा सबल समाज बिना व्यवसाय सबल बन्न नसक्ने मूल मन्ललाई अंगिकृत गर्दै राष्ट्रिय व्यवसायिक पहलले पन्ध्र वर्षको यात्रा पूरा गरेकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : १५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन