जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन | Khabarhub Khabarhub

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ । काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत भट्टको सोमबार निधन भएको कांग्रेस डडेल्धुराले जनाएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौँ पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासि बेहोस भएका थिए।

त्यसपछि उनलाई सुमेरु अस्पतालमा भर्ना गरियो थियो । त्यहाँ ठिक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो । सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ‘ब्रेन हेम्रेज’ भएको बताएका थिए ।

२०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका भट्टको कांग्रेस राजनीतिमा योगदान छ ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत भएका भट्ट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश (ख) को क्षेत्रीय सभापति बनेका थिए ।

५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार इकाईका पूर्वअध्यक्षसमेत हुन् । भट्ट जिल्ला समन्वय समिति महासंघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

जनआन्दोलमा उनले करिब तीन महिना जेल जीवन बिताएका थिए । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेपछि उनीलगायत चार जनाले डडेल्धुरामा आन्दोलनको नेतृत्व गरेका थिए । माघ २५ गते उनीहरू जेल परेका थिए । उनका दुई छोरी र एक छोरा छन् ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका