महिला खुला केन्द्रीय सदस्यमा देउवा समूहका ८ जना विजयी (सूचीसहित) | Khabarhub Khabarhub

महिला खुला केन्द्रीय सदस्यमा देउवा समूहका ८ जना विजयी (सूचीसहित)


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका ८ जना विजयी भएका छन् । सोमबार अबेर सम्पन्न मतगणनामा डा. डिला संग्रौलाले सर्वाधिक मतसहित निर्वाचित भएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी छिन् ।

दोस्रो नम्बरमा रहेकी पुष्पा भुसालले दुई हजार ७१८, तेस्रो नम्बरमा रहेकी आरजु राणा देउवाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाही एक हजार ७८९ मत पाएर विजयी भएका छन् ।

९ सिटका लागि ३० जना उम्मेदवार थिए । ती मध्ये ८ जना देउवा समूहका विजयी भएका छन् । कोइराला समूहबाट एकमात्र सरिता पर्साई विजयी भइन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम