माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान « Khabarhub

माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान जारी छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो ।

काठमाडौँको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका लागि पौडेल र गौतम प्रतिस्पर्धामा छन् भने तीन उपाध्यक्षका लागि दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर बिक, अमरबहादुर विश्वकर्मा गरी १० जना चुनावी मैदानमा छन् ।

सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ, अञ्जानकुमार तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने छ । तीन सहसचिवका लागि द्रोणबाबु सिवाकोटी १०, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना, प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर खाती, सञ्जय लामा, लालकुमारी पुन चुनावी मैदनमा छन् ।

कोषाध्यक्षमा तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : १६ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको