यी महापुरुष जो रामायण र महाभारत दुबै कालमा थिए « Khabarhub

यी महापुरुष जो रामायण र महाभारत दुबै कालमा थिए


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मग्रन्थ रामायण र महाभारतका बारेमा धेरैलाई थाहा छ । तर, रामायणमा रहेका केही महापुरुष पात्रहरु महाभारतमा पनि थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आखिर को– को थिए त ती ५ पात्र ?

१. हनुमानः रामायणका प्रमुख पात्र हनुमान महाभारतको समयमा महाबली भीमसँग पाण्डव बनवास गएको बेला मिलेका थिए । उनीहरु दुबै पवन पुत्र भएकोले दाजुभाईको रुपमा लिने गरिन्छ ।

२. परशुरामः त्यो बेला सबैभन्दा ज्ञानी कहलिएका परशुरामलाई कसले चिन्दैन र रु ति महापुरुष परशुराम नै थिए जसले २१ पटकसम्म क्षत्रियहरुलाई पृथ्वीबाट नाश गरेका थिए । रामायणमा उनको वर्णन भगवान श्रीरामले देवी सीताको स्वयंवरमा शिव धनुष तोडिसकेपछि आउने गर्दछ । त्यस्तै महाभारतमा उनको वर्णन भीष्मको गुरु रहेको र उनी भीष्मसँग एक भीषण युद्ध लडेको व्याख्या गरिन्छ । साथै परशुरामले महाभारतमा कर्णलाई पनि ज्ञान दिएका थिए ।

३.जाम्बवन्तः जाम्बवन्तको वर्णन रामायणमा श्रीरामको विशेष सहयोगीका रुपमा गरिएको छ । उनी जाम्बवन्त नै थिए जसले राम सेतु निर्माणमा प्रमुख भूमिका निभाएका थिए । त्यस्तै महाभारतमा पनि जाम्बवन्तले भगवान श्रीकृष्णसँग युद्ध गरेका थिए ।

४. मयासुरः यो कुरा सायदैलाई थाहा छ कि,रावणका शसुरा तथा मन्दोदरीका पिता मयासुर एक ठूला ज्योतिषी तथा वास्तुशास्त्रका ज्ञाता थिए । त्यस्तै ति मयासुर नै थिए जसले युधिष्ठिरका लागि सभाभवनको निर्माण गरेका थिए । उनी त्यसबेला मयसभाको नामबाट प्रसिद्ध थिए । उक्त सभामा नै वैभव देखेर दुर्योधन पाण्डवहरुसँग ईर्ष्या गर्न थालेको थियो । त्यही कारण नै महाभारतको युद्ध भएको थियो ।

५. महर्षि दुर्वासाः हिन्दूधर्मावलम्बीका महान ऋषि महर्षि दुर्वासा रामायणकालमा एक ठूला भविष्यवक्ताको नामबाट प्रसिद्ध थिए । उनले नै राजा दशरथलाई रघुवंशको राज बताएका थिए । त्यस्तै महाभारतकालमा पनि पाण्डवको निर्वासनका बेला महर्षि दुर्वासा द्रौपदीको परीक्षा लिन आएका थिए । उनले द्रौपदीको परीक्षाका लागि आफ्ना १० हजार शिष्यहरू लिएर कुटिमा पुगेका थिए ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : ५९ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको