निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप « Khabarhub

निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप


८ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ । कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम सुरू गरेको हो ।

सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमुखसँग छलफल गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न स्थानीय तहमा रहेका फेरबदल गर्नुपर्ने मतदानस्थल तथा मतदान केन्द्र छनोटसमेत गरेको छ ।

बैठकले षडानन्द नगरपालिका–२ साविकको गाविस भवनमा रहेको मतदानस्थललाई परिर्वतन गरेर सावित्री माध्यमिक विद्यालय कुदाकाउलेमा कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै सोही नगरपालिका–६ जनकल्याण आधारभूत विद्यालयको कोड नं ३८४३ स्थललाई हटाएर सरस्वती आधारभूत विद्यालय साल्मा कायम गर्ने भएको छ । अरुण गाउँपालिका–६ साविकको गाविस भवनमा रहेको मतदानस्थललाई हटाएर नयाँ मतदानस्थलका रूपमा महेन्द्रोदय माध्यमिक विद्यालय जरायोटार राख्ने र आमचोक गाउँपालिका– ६ देवानटारको साविकको गाविस भवनमा रहेको कोड नं ४०७० मतदान केन्द्र हटाएर नयाँ मतदानस्थल शिक्षाकन्या माध्यमिक विद्यालय देवानटारलाई कायम गर्ने निर्णय भएको छ ।

त्यस्तै वडा नम्बर ७ मान्द्रे चम्पाला सामुदायिक भवनमा रहेको मतदानस्थललाई परिवर्तन गरेर महिला विकास भवनमा र वडा नम्बर ८ जनजागृति निमावि जरेकोटमा रहेको मतदानस्थललाई हटाएर मुक्ति प्राथमिक विद्यालयमा नयाँ मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय भोजपुरका प्रमुख पवनकुमार रेग्मीले बताए ।

मतदाता शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनको भनाइ छ । जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र रहेका छन् । यसअघिको निर्वाचनमा भन्दा छ वटा मतदान केन्द्र थप भएको कार्यालयले जनाएको छ । अबका दिनमा मतदाता अध्यावधिकको काम सुरू गर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ३४ बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त