निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप | Khabarhub Khabarhub

निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ । कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम सुरू गरेको हो ।

सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमुखसँग छलफल गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न स्थानीय तहमा रहेका फेरबदल गर्नुपर्ने मतदानस्थल तथा मतदान केन्द्र छनोटसमेत गरेको छ ।

बैठकले षडानन्द नगरपालिका–२ साविकको गाविस भवनमा रहेको मतदानस्थललाई परिर्वतन गरेर सावित्री माध्यमिक विद्यालय कुदाकाउलेमा कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै सोही नगरपालिका–६ जनकल्याण आधारभूत विद्यालयको कोड नं ३८४३ स्थललाई हटाएर सरस्वती आधारभूत विद्यालय साल्मा कायम गर्ने भएको छ । अरुण गाउँपालिका–६ साविकको गाविस भवनमा रहेको मतदानस्थललाई हटाएर नयाँ मतदानस्थलका रूपमा महेन्द्रोदय माध्यमिक विद्यालय जरायोटार राख्ने र आमचोक गाउँपालिका– ६ देवानटारको साविकको गाविस भवनमा रहेको कोड नं ४०७० मतदान केन्द्र हटाएर नयाँ मतदानस्थल शिक्षाकन्या माध्यमिक विद्यालय देवानटारलाई कायम गर्ने निर्णय भएको छ ।

त्यस्तै वडा नम्बर ७ मान्द्रे चम्पाला सामुदायिक भवनमा रहेको मतदानस्थललाई परिवर्तन गरेर महिला विकास भवनमा र वडा नम्बर ८ जनजागृति निमावि जरेकोटमा रहेको मतदानस्थललाई हटाएर मुक्ति प्राथमिक विद्यालयमा नयाँ मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय भोजपुरका प्रमुख पवनकुमार रेग्मीले बताए ।

मतदाता शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनको भनाइ छ । जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र रहेका छन् । यसअघिको निर्वाचनमा भन्दा छ वटा मतदान केन्द्र थप भएको कार्यालयले जनाएको छ । अबका दिनमा मतदाता अध्यावधिकको काम सुरू गर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ९ : ३४ बजे

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

सेभिया– प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच

नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि

काठमाडौं – नेपाली फिल्म इतिहासको ६० वर्षमा मात्रै १४ फिल्मले

जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत

भ्रातृसंगठनसम्म पुग्यो एकीकृत समाजवादीको किचलो, अनेरास्ववियू विभाजित

काठमाडौं- भ्रष्टाचार मुद्दा लागेर पनि अध्यक्ष र संसदीय दलको नेताको

राजावादीलाई लिङ्देनको आग्रह- राजाको जन्मदिनमा सहभागी बनाैँ

 काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई सँगसँगै