सुटिङमै बेहोस हुने यी अभिनेत्री « Khabarhub

सुटिङमै बेहोस हुने यी अभिनेत्री


८ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– गत जनवरी १७ मा बलिउड अभिनेत्री आलिया भट्ट निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’को सेटमा बेहोस् भइन् ।

उनी बेहोस् भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरियो । उनी निकटका अनुसार आलियालाई हाइपर एसिडिटी र भमिट भएको थियो । अस्पतालको उपचार पछि उनलाई सोही दिन डिस्चार्ज गरिएको थियो ।

आलिया एक उदाहरण मात्र हुन्, जो सुटिङ सेटमा बेहोस भइन् । उनी अघि बलिउडका केही अभिनेत्रीहरु यसरी नै सेटमा बेहोस भएका छन् । यीमध्ये केही अभिनेत्रीहरु अधिक तनावका कारण बेहोस भएका छन् ।

प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडा फिल्म ‘बाजीराव–मस्तानी’को सेटमा बेहोस भएकी थिइन् । एउटै दृश्यका लागि लगातार रिटेक खानुपरेपछि उनी तनावमा थिइन् । यही तनावलाई थेग्न नसकेर उनी बेहोस भएको फिल्ममा संलग्न एक सदस्यले बताएका थिए ।

कटरीना कैफ
अभिनेत्री कटरीना कैफ फिल्म ‘तीस मार खान’को सेटमा बेहोस भएकी थिइन् । यो फिल्मको चर्चित गीत ‘शिलाकी जवानी’मा नृत्य गरिरहँदा उनी बेहोस् भएकी हुन् । फिल्म युनिटका अनुसार सुटिङ सेटको तापक्रम बढी भएका कारण उनी बेहोस भएकी थिइन् ।

No description available.

दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोण फिल्म ‘ह्याप्पी न्यू इयर’को सुटिङ सेटमा बेहोस भएकी थिइन् । जहाँ उनी एक गीतमा नृत्य गरिरहेकी थिइन् । यो समयमा उनी सन् २०१४ मा रिलिज फिल्म ‘ह्याप्पी न्यू इयर’मा लगातार १६ घण्टा नाचेकी थिइन् । यो नाँचपछि उनी यति थकित भइन् कि उनी त्यही बेहोस भइन् ।

ज्याकुलिन फर्नान्डिस
अभिनेत्री ज्याकुलिन फर्नान्डिस एक फिल्मका लागि एक्सन दृश्यको सुटिङ गरिरहेकी थिइन् । यसपछि उनी डान्सको रिहल्सलमा व्यस्त भइन् । जसकारण उनको स्वास्थ्य बिग्रियो र उनी बेहोस भइन् ।

आलिया भट्ट
अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाडी’को सुटिङ भन्दा अघि पनि सुटिङ सेटमै बेहोस भएकी थिइन् । अभिनेत्रीका रुपमा फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट डेब्यू गरिरहँदा उनी यही फिल्मको सुटिङ सेटमा बेहोस भएकी थिइन् । यसबाहेक उनी फिल्म ‘शानदार’को सुटिङमा पनि बेहोस भएकी थिइन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : २७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म