सडक सुरक्षाको कथामा द रेड जोन « Khabarhub

सडक सुरक्षाको कथामा द रेड जोन


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा दैनिक रुपमा सडक दुर्घटना र सडक सुरक्षाको विषयमा आवाज उठिरहेको बेला यस्तै कथावस्तुमा नयाँ फिल्म ‘द रेड जोन’ निर्माण हुने भएको छ । काठमाडौँको कीर्तिपुरमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमकाबीच फिल्मको घोषणा गरिएको हो ।

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन, फिल्मका निर्माता खगेन्द्र सुवेदी, केएस काफ्लेलगायतको उपस्थित रहेको कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता रमेश बन गोसाईले फिल्मले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायी सन्देश दिने बताए ।

यज्ञजंग विश्वकर्मा(आयुष)को पटकथा तथा निर्देशन रहने फिल्ममा किशोर खतिवडा, दीपक थापा, कमला नेपाली, हेमराज धर्ति, सिर्जना कार्की, नेत्र विष्ट, सुमन गौतम, खगेन्द्र सुवेदी, धर्मराज भण्डारी, वर्षा श्रेष्ठलगायतका कलाकारको अभिनय रहनेछ । कार्यक्रममा फिल्मबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशत शेयर दिने जानकारी दिइयो ।

रामजी लामिछाने, राजन मर्हजन र नवराज सुवेदीको नृत्य रहने फिल्ममा देव महर्जनको द्वन्द्व, सुजन विश्वकर्माको छायांकन, सुजन गौतमको कथा, शंकर अधिकारी ‘घायल’ र सुन्दर पन्तको गीत, ज्ञानेन्द्र गिरीको संगीत तथा तारा थापा किम्भेको सम्पादन रहनेछ । फिल्म माघ २१ गतेबाट फ्लोरमा जानेछ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १ : ४० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर