राष्ट्रपतिले जनताको प्रतिनिधिमूलक संस्था विघटनको निर्णय फिर्ता लिनुपर्छ – अधिवक्ता अर्याल | Khabarhub Khabarhub

राष्ट्रपतिले जनताको प्रतिनिधिमूलक संस्था विघटनको निर्णय फिर्ता लिनुपर्छ – अधिवक्ता अर्याल


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ ।

आज रिट निवेदककातर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका छन् । अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपति स्वय‌ंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ । संसद्लाई फेरि क्रियाशिल हुने बाटो ल्याउन सक्नुहुन्छ ।’

कार्यकारी अधिकार तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानविपरीत आफूमा लगेको र पछि ‘जनताको नासो जनतालाई फिर्ता गरेको’ उदाहरण दिँदै उनले राष्ट्रपतिले संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले संसद् विघटनको निर्णय फिर्ता नलिए सभामुख अग्निप्रसाद सापकोटा र सांसदहरूले आफूमा रहेको अधिकार प्रयोग गरेर संसद् सुचारु गर्न सक्ने अर्यालको तर्क थियो ।

गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ३ : ०५ बजे

‘मनसरा’ को अग्रिम बुकिङ खुला 

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

अन्तराष्ट्रिय श्रमिक दिवस (तस्बिरहरु)

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने

वैतेश्वरका सात सय बढी कुकुरलाई रेबिजविरुद्धको खोप

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले रेबिज रोग रोकथाम तथा नियन्त्रण गर्ने