नायक-नायिका ‘सस्पेन्स’ राख्दै चुरीफुरीको छायांकनमा शुरु « Khabarhub

नायक-नायिका ‘सस्पेन्स’ राख्दै चुरीफुरीको छायांकनमा शुरु


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाँस्य टेलिश्रृंखला तथा वेबसिरिजका हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले घोषणा गरेको फिल्म ‘चुरीफुरी’ को सुटिङ शुरु भएको छ ।

राजधानीका विभिन्न स्थानमा छायांकनरत फिल्ममा नायक-नायिका भने हालसम्म सस्पेन्स नै राखिएको छ ।

निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारको अभिनय छ ।

आरबी मुभीजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । निर्देशक आचार्यले समसामयिक विषयमा कमेडी कथामा फिल्म बन्ने बताए ।

फिल्ममा राहुल राईको छायांकन, भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला, दीपक शर्माको संगीत र समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ३५ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख