काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
बिहीबार जारी खेलमा चितवनले सुदूरपश्चिमलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो ।
चितवनका लागि डाविड मलान एक्लैले ७१ रन बनाए । ५१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।
त्यसैगरी, चितवनका सलाहुद्दिन खानले १६ बलमा १८ रन लिए भने कमलसिंह ऐरीले ८ बलमा १० बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइनले ३, थरिन्दु रत्नायकले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र डा. ईशान पाण्डेले समान एक विकेट लिए ।













प्रतिक्रिया