भारतबाट थप १० लाख डोज कोरोनाको खोप आज नेपाल ल्याइँदै « Khabarhub

भारतबाट थप १० लाख डोज कोरोनाको खोप आज नेपाल ल्याइँदै


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आज कोभिड–१९ विरुद्धको खोपको १० लाख डोज ‘कोभिशिल्ड’ नेपाल ल्याउन लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसो साढे १ बजेको एयर इन्डिया दिल्ली-काठमाडौंको उडानमार्फत  सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपाल भित्रिन लागेको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा सो खोप आज ल्याउन लागेको जनाएको हो ।

खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : ४५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित