दम रोगबाट जोगिने घरेलु उपाय « Khabarhub

दम रोगबाट जोगिने घरेलु उपाय


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव शरीरमा घुम्ने रक्त कफसँग मिलेर समस्त नसाहरुलाई रोकिदियो र वायुको बहाव बन्द भएको कारणले श्वास (दम) उठ्यो भने त्यसलाई श्वास रोग या दम भनिन्छ ।

तातो, गह्रुङ्गो, रुखो तथा बासी वस्तु खाने, मुखमा धुलो पर्ने, भारी काम, दिशा पिसाबको वेगलाई रोक्ने आदि कारणहरुले श्वास रोग तीव्र हुन्छ ।

दमको घरेलु उपचार विधि:

१ नुन–तेललाई तताएर हृदयलाई सेक्नाले श्वास दबिन्छ ।

२. अदुवाको रसमा मह हालेर चाट्नाले श्वास ठीक हुन्छ ।

३. कुभिण्डोको जराको ४ ग्राम चूर्ण दैनिक सेवन गर्ने र तातोपानी पिउनाले श्वास ठीक हुन्छ ।

४. बेसार, कालो मरीच, किशमिश, पिप्पली, रास्ना र कचूर यी सबैको ४ ग्राम चूर्ण सख र तिलको तेलको साथ सेवन गर्नाले श्वास रोग ठीक हुन्छ ।

५. पिप्पली पोहकारमूल, हर्राेको बोक्रा, सुठो, कचूर, कमलगट्टा — यी सबैको चूर्णमा त्यति नै मात्रामा सखर हालेर चना बराबरका चक्कीहरु बनाउनुहोस् । दुई गोली दैनिक सेवन गर्नाले श्वास रोग ठीक हुन्छ ।

६. काकडासिँधी, सुठो, पिप्पली, नागरमोथे, पोहकरमूल, कचूर, कालो मरीचमा त्यति नै मात्रामा मिश्री हालेर चूर्ण बनाउनुहोस् । यसमा ४ ग्राम गुर्जाे, अडूसा, पिप्पली, पीपलामूल, चव्य, चित्रक, सुठो (यिनीहरु मध्ये कुनै एक) को घोल दैनिक सेवन गर्नाले श्वास रोग ठीक हुन्छ ।

७. शुद्ध पारो, शुद्ध गन्धकको कज्जली, सिँगीमोहरा, तताएको सुहागा, पिप्पली, मैनसिल तथा कालो मरीच ८–८ ग्राम, ४ ग्राम सुठो— यी सबैको चूर्णलाई अदुवाको रसको १ पुट दिएर सिद्ध गर्नुहोस् (यसलाई मिलाएर बनाउनुहोस्), यसको ग्रामको मात्रा दैनिक दिनाले श्वास रोग ठीक हुन्छ ।

घरेलु आयुर्वेदिक उपचारबाट साभार

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ०० बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका