प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत: प्रवक्ता शर्मा « Khabarhub

प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत: प्रवक्ता शर्मा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, ‘दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ ।’

प्रदेश १ को राजधानी विराटनगरमा शनिबार प्रधानमन्त्रीको समूहको पार्टीले आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्रीले नै संसद विघटनको मुद्दामा चेतावनी दिएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ५० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित