उपचारका लागि भारत जाँदै डा. बाबुराम भट्टराई « Khabarhub

उपचारका लागि भारत जाँदै डा. बाबुराम भट्टराई


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टींका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

केही दिनयता बिरामी रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जान लागेका हुन् ।

भट्टराईलाई पेटमा समस्या देखिएको छ । बिरामी भएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचारका लागि पुगेका थिए । उपचाररत डाक्टरले न्युरो इन्डाक्राइनको ट्युमर भएको हुनसक्ने आंशका गरेका छन् ।

दिल्लीमा उनको उपचार इन्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस अस्पतालमा गरिने जनाइएको छ । उनीसँग पत्नी हिसिला यमी र प्रेस संयोजक विश्वदीप पाण्डे पनि जाने भएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : १५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित