कोषको रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पा निलम्बित « Khabarhub

कोषको रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पा निलम्बित


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– श्रमिक उद्धार कोषको रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासांङ शेर्पालाई निलम्बन गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोग रकम श्रमिक उद्धार तथा राहतमा हिनामिना गरेको आरोपमा कोइराला र शेर्पालाई आवासीय नेपाली संघ यूएईको पूर्ण बहुमतले निलम्बन गरेको जनाएको छ।

उनीहरु निलम्बनमा परेसँगै एनआरएनए यूएईको बैठकले प्रथम उपाध्यक्ष निरन्जन प्रसाद सिलवाललाई कार्यवाहक अध्यक्षमा मनोनित गरेको छ ।

संघको विधान अनुसार कार्यसमितिको अनुमतिमा मात्र अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता खोल्नु पर्नेमा अध्यक्ष कोइराला तथा उपाध्यक्ष शेर्पाको नाममा काठमाडौँस्थित माछापुच्छ्रे बैंकमा संयुक्त खाता खोलिएको पाइएको छ।

उक्त खातामा ६० हजार डलर (झन्डै ७० लाख रुपियाँ) रहेको बताइएको छ।

छानबिन समिति गठन

गैर आवासीय नेपाली संघ केन्द्रीय कार्यालयले एनआरएनए युएई रकम हिनामिन प्रकरणमा छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

संघका कार्यकारी निर्देशक राजेश शमशेर राणाद्वारा जारी विज्ञप्तिमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ।

समितिका सदस्यहरुमा भुवानी प्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरि, लक्ष्मण खनाल तथा महेश मोक्तान रहेका छन् ।

गत मंगलबार मात्र मध्यपूर्वबाट स्वदेश फर्किएका नेपाली श्रमिकहरुको नाममा एनआरएनए उद्धार कोषमा अनियमितता भएको भन्दै संघ मध्यपूर्व संयोजक प्रविन गुरुङले यस विषयमा छानविनको माग गरेका थिए ।

गुरुङले मध्यपूर्वका कतार, युएई, साउदी अरब, बहराइन, कुवेत र ओमनबाट स्वदेश फर्कने नेपाली श्रमिकहरुलाई नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीहरुलाई स्वदेश फर्कनुको कारण सोध्ने, कम्पनी नाम, पिसीआर रिपोर्ट, हवाई टिकट, राहदानी आदि इकुमेन्टको फोटो खिच्ने र उद्धारको नाममा फर्जी विल भरपाई लगाएतका कागजात बनाई केहि राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलोमतोमा आर्थिक चलखेल हुने गरेको समेत बताएका थिए।

केही दिनअघि मात्र संघ संघका केन्द्रिय प्रवक्ता डिबी क्षेत्रीले एनआरएनएले अलपत्र परेका नेपाली श्रमिकहरुको कोषमा अनियमितता गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका थिए ।

प्रवक्ता क्षेत्रीले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक उद्धार कोषमा भएको सम्पूर्ण खर्च विवरण पारदर्शी तरिकाले राखिएको समेत बताएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : १४ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा