प्रधानमन्त्रीलाई डा. भट्टराईको प्रश्न– यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? « Khabarhub

प्रधानमन्त्रीलाई डा. भट्टराईको प्रश्न– यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ?


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा अदालतसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराईले ओलीलाई पदमा बसिरहन नैतिक अधिकार नरहेको समेत टिप्पणी गरेका छन् ।

‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?’ शनिबार राति भट्टराईले गरेको ट्वीटमा भनेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिङ गर्ने हो ?अदालतमाथिको दबाब पुष्टि भएन र ?’

ओलीले विराटनगरमा आफूपक्षीय भेलालाई सम्बोधन गर्दै अदालतले आफ्नो पक्षमा फैसला गर्ने र नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

उनले सभामा भनेका थिए ,‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

ओलीको यस्तो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ । उनले खुलेआम रुपमा अदालतलाई चेतावनी दिएको भन्दै उनको विरोध भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै