दोस्रोपटक आमा बनिन् करीना « Khabarhub

दोस्रोपटक आमा बनिन् करीना


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री करीना कपूर खान दोस्रोपटक आमा बनेकी छन् । अभिनेता सैफ अली खान पत्नी करीनाले गए राती छोरो जन्माएकी हुन् ।

करीनालाई मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा गए राती नै भर्ना गरिएको थियो । करीना गर्भवती भएको खबर सार्वजनिक हुनासाथ उनले कहिले दोस्रो सन्तान भन्ने उनका फ्यानमा व्यग्र प्रतिक्षा थियो ।

चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षणमा जाँदाका उनको तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्थे । यसैबीच हालसम्म करीना र सैफले दोस्रो सन्तानको बारेमा केही बोलेका छैनन् ।

करीना आफू गर्भवती हुँदा पनि काममा सक्रिय थिइन् । उनी अस्पताल भर्ना हुने दुई दिन अघिसम्म पनि काममा व्यस्त थिइन् । उनले गर्भावस्थामा नै फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गरेकी थिइन् ।

गर्भावस्थाकै समयमा करीनाले ‘करीना कपूर खानज प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक लेखेकी छन् । जुन पुस्तकलाई यसै वर्ष सार्वजनिक गरिनेछ ।
–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय