दोस्रोपटक आमा बनिन् करीना « Khabarhub

दोस्रोपटक आमा बनिन् करीना


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री करीना कपूर खान दोस्रोपटक आमा बनेकी छन् । अभिनेता सैफ अली खान पत्नी करीनाले गए राती छोरो जन्माएकी हुन् ।

करीनालाई मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा गए राती नै भर्ना गरिएको थियो । करीना गर्भवती भएको खबर सार्वजनिक हुनासाथ उनले कहिले दोस्रो सन्तान भन्ने उनका फ्यानमा व्यग्र प्रतिक्षा थियो ।

चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षणमा जाँदाका उनको तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्थे । यसैबीच हालसम्म करीना र सैफले दोस्रो सन्तानको बारेमा केही बोलेका छैनन् ।

करीना आफू गर्भवती हुँदा पनि काममा सक्रिय थिइन् । उनी अस्पताल भर्ना हुने दुई दिन अघिसम्म पनि काममा व्यस्त थिइन् । उनले गर्भावस्थामा नै फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गरेकी थिइन् ।

गर्भावस्थाकै समयमा करीनाले ‘करीना कपूर खानज प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक लेखेकी छन् । जुन पुस्तकलाई यसै वर्ष सार्वजनिक गरिनेछ ।
–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ४५ बजे

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव