सुशान्तको नाममा राष्ट्रिय अवार्डको तयारी « Khabarhub

सुशान्तको नाममा राष्ट्रिय अवार्डको तयारी


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी शुरु गरेको छ ।

अभिनयको माध्यमबाट छोटो समयमा नै बलिउडमा लोकप्रिय बनेका यी अभिनेताको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको हो । भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ ।

‘हो, उनीहरु सुशान्तको नाममा एउटा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी गरिरहेका छन् । भाजपाले सरकारसमक्ष यो प्रस्ताव राखेको छ’, स्रोतले भनेको छ, ‘तर हामीलाई थाहा छ कि हाम्रो प्रशासनिक संयन्त्र र राजनीति निकै ढिलो छ । त्यसकारण यो अवधारणालाई अगाडि बढाउन केही समय लाग्नेछ । तर योजना पुरा हुनेमा आशावादी छौं ।’

अभिनेता सुशान्तको निधनको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै बलिउडमा केही पक्षले आलोचना गर्न थालिसकेका छन् । उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन ।

सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो । उनको शव उनकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : ०५ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला