‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई कलाकारको खोजी « Khabarhub

‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई कलाकारको खोजी


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्लकबस्टर र तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनका लागि कलाकारको खोजी शुरु भएको छ । युवा फिल्मसले निर्माण गर्न लागेको नेपाली रिमेक भर्सनका लागि प्रमुख पुरुष र महिला कलाकारको खोजी गरिएको हो ।

युवा फिल्मसले प्रमुख पुरुष कलाकारको हकमा २५ देखि ३० वर्षसम्मको उमेर र महिला कलाकारको हकमा २० देखि २२ वर्षसम्मको उमेर तोकेको छ ।

यस्तै सह–अभिनेताका लागि पुरुषको हकमा २५ देखि ३० वर्षसम्म र सह–अभिनेत्रीका लागि २० देखि २५ वर्षसम्मको उमेर तोकेको छ ।

निर्माण टिमले फिल्ममा अभिनय गर्न इच्छुकले एक तस्वीर, उमेर समूह र फोन सम्पर्क नम्बर पठाउन अनुरोध गरेको छ । इच्छुकले [email protected] मा इमेल गर्न सक्ने निर्माण टिमले जनाएको छ ।

केही समय अघि ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : ३५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय