जो चालिस कटेपछि आमा बने « Khabarhub

जो चालिस कटेपछि आमा बने


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री करीना कपूर खानले आइतबार बिहान दोस्रो छोरालाई जन्म दिइन् । करीनाले दोस्रो छोरालाई जन्म दिँदा उनका अभिनेता पति सैफ अली खान चौथोपटक पिता बने । यो जन्मसँगै करीना बलिउडमा ४० वर्ष पार गरेपछि आमा बन्ने सेलिब्रेटीमा सूचीकृत भएकी छन् ।

सन् २०२० को महाशिवारात्रीको दिन अभिनेत्री शिल्पा शेट्टी दोस्रोपटक आमा बनिन् । यसपटक उनले सरोगेसीका माध्यमबाट छोरी जन्माइन् । उनको उमेर ४४ वर्षको थियो ।

टेलिभिजनकी ‘महारानी’का रुपमा बलिउडमा परिचित एकता कपुर ४४ वर्षको उमेरमै आमा बनिन् । सन् २०१९ मा उनले सरोगेसीका माध्यमबाट छोरालाई जन्म दिइन् ।

कोरियोग्राफर र निर्देशक फराह खान ४३ वर्षको उमेरमा तीन सन्तानकी आमा बनिन् । सन् २००८ मा फराहले आईवीएफको मध्यमबाट एकसाथ तीन सन्तानलाई जन्म दिएकी थिइन् । उनले सन् २००४ मा शिरिष कुन्दरसँग विवाह गरेकी थिइन् ।

अभिनेत्री सारा अली खानकी आमा अमृता सिंहले सन् २००१ मा छोरा इब्राहिम अली खानलाई जन्मदिएकी थिइन् । यो समयमा अमृताको उमेर ४३ वर्षको थियो । सन् १९९१ मा अभिनेता सैफ अली खानसँग विवाह गरेकी अमृताले सैफसँग सन् २००४ मा सम्बन्धविच्छेद गरेकी थिइन् ।

कृष्णा अभिषेक र कश्मीरा शाह सरोगेसीको माध्यमबाट २०१७ को मेमा जम्ल्याहा सन्तानको अभिभावक बनेका थिए । जम्ल्याहालाई जन्म दिँदा कश्मीराको उमेर ४५ वर्षको थियो । जबकी कृष्णा ३४ वर्षका थिए ।

चालिस वर्ष पछि आमा बन्ने सूचीमा अभिनेता शाहरुख खानकी श्रीमति गौरी खान पनि पर्छिन् । उनले तेस्रो सन्तान अबरामलाई सरोगेसीका माध्यमबाट जन्माएकी थिइन् । यो समयमा उनको उमेर ४२ वर्षको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी