शाहरुखकी दिदीको दर्दनाक कथा « Khabarhub

शाहरुखकी दिदीको दर्दनाक कथा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता शाहरुख खानको परिवारमा उनको श्रीमती र सन्तानलाई सबैले चिनेकै छन् ।

उनको परिवारको एक महत्वपूर्ण सदस्य छिन्, जो चर्चामा आउन चाहँदिनन् । यी महिला अरु कोही नभई शाहरुखकी दिदी शहनाज लाला रुख खान हुन् ।

हालैमात्र शहनाज मुम्बईको अलीबागमा अभिनेता शाहरुखका साथ भेटिइन् । शहनाजको जिन्दगी निकै उतारचढावपूर्ण छ । आफ्नो पिताको शव देखेपछि डिप्रेसनमा पुगेकी उनी हाल ६१ वर्षकी छिन् ।

शाहरुखको पिताको निधन सन् १९८१ मा क्यान्सरका कारण भएको थियो । तर शहनाजले आफ्नो पिताको निधनको खबर थाहा पाएकी थिइनन् । घर फर्किदा पिताको शव देखेपछि उनी बेहोस भइन् । यो घटनापछि उनलाई यति ठूलो चोट पर्यो कि उनी डिप्रेसनमा गइन् । यही डिप्रेसनका कारण उनी बिरामी भइरहन्छिन् ।

एक अन्तर्वार्तामा शाहरुखले शहनाजको दुःखबारे बोलेका छन् । ‘शहनाजलाई बुवाको निधनको यति ठूलो चोट लाग्यो कि उनले आफ्नो मानसिक सन्तुलन नै गुमाइन् । उनी दुई वर्षसम्म पनि सामान्य अवस्थामा फर्किइनन् । उनी रुने, चिच्याउने गर्दिन थिइन्, तर उनको अनुहारमा पिता गुमाएको भाव प्रष्ट देखिन्थ्यो’, शाहरुखले भनेका छन् ।

शाहरुखका अनुसार फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को सुटिङको दौरान शहनाजको स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारका लागि स्वीटजरल्याण्ड लगिएको थियो । शहनाज उमेरको हिसाबले शाहरुख भन्दा ६ जेठी छिन् ।

शाहरुख क्यामरा प्रेमी भए पनि शहनाज शाहरुख भन्दा उल्टो छिन् । उनी कुनै पार्टी वा सार्वजनिक कार्यक्रममा कमैमात्र देखिन्छिन् । शाहरुखको दिदी भएर पनि उनको जीवन सामान्य ढंगले नै चलेको छ ।

–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ३ : ४५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले