देश बनाउनुपर्छ भन्ने सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

देश बनाउनुपर्छ भन्ने सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ : प्रधानमन्त्री

'पूर्वजको वीरगाथाको अनुसरण गरौँ'


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वका भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गरे ।

हाम्रा दृष्टिकोण र जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उनले भने, “अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न, हामीले सिर्जनात्मक र रचनात्मक ढङ्गले नयाँ विचार लगाएर राष्ट्र निर्माणमा अघि बढ्नु जरुरी छ ।”

मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरु क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, “देश बनाउनुपर्छ र बिगार्नुपर्छ भनी विभिन्न विचार बोकेका अभियानकर्मी मात्र होइन, स्वार्थलाई केन्द्रविन्दुमा राखेर चल्ने पनि सक्रिय छन् । देश बनाउनुपर्छ भनी सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ ।”

बलिदानीपूर्ण कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनासहित सबैका भावनालाई मनमा राखेर हामीले राष्ट्रनिर्माणका काममा अग्रसर हुन जरुरी रहेको संस्थाका प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले बताए ।

समाज परिवर्तनका लागि पछौटेपनविरुद्ध ज्योति र अग्रगामी चेतनाका संवाहक भएर अघि बढ्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सामाजिक मर्यादा, इमान्दारी, नैतिकता, मानवीयता, राष्ट्रियताप्रतिको इमान नै सबैभन्दा महत्वपूर्ण हुन्, इमानबाट च्यूत मान्छे अपराधी मात्र हुन्छ ।”

प्रधानमन्त्री ओलीले दुनियाँ जङ्गली अवस्थामा रहँदा सभ्यता, दर्शन, चिन्तन, सामाजिक सुप्रबन्ध, ज्ञान, ध्यान, खोजअनुसन्धानको इतिहास शुरुआत भएको नेपाल स्वास्थ्य, पूर्वाधार, सामाजिक सूचकाङ्क र विकासमा पछि परे पनि अब गौरवमय इतिहाससँग तादम्यता हुने गरी पूर्वाधार, आधुनिकता, विज्ञान, सामाजिक मूल्यमान्यताको स्तरीयता र मानवीय भावनाको विकास गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले अप्रत्याशितरुपमा हुने विपत्तिलाई सामूहिक प्रयासबाट निस्तेज तुल्याउँदै सेवा दलबाट उत्पादित जनशक्ति सेवा, परोपकार, शान्तिका लागि सधैँ तत्पर र कर्तव्य निष्ठ भई चल्नुपर्ने बताए ।

उनले भने, “अहिले अनुकूलता छ, सञ्चार र यातायात, विज्ञान र प्रविधिको हिजोभन्दा आज अत्यन्त छिटो कुनै पनि काम गर्न सक्छौँ, विकासका हिसाबले मुलुक प्रारम्भिक सिँढीमा छ, अब हामी अघि बढ्नु छ, माथि चढ्नु छ, हाम्रो उद्देश्य एउटै, गन्तव्य एउटै हुनुपर्छ, समृद्ध नेपाल, सुखी नेपाली ।”

आधा शताब्दी इतिहास बोकेको राष्ट्रिय सेवा दलको प्रयासको सिलसिला अहिले मुलुकको परम्परा र थिति बनेको बताउँदै उनले सेवा दलका योगदानलाई सम्मानपूर्ण ढङ्गले अघि बढाउनुपर्ने बताए ।

विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययनरत छात्रछात्रालाई अनुशासित बनाई देश र जनताप्रति बफादार, राष्ट्रिय एकताको भावना विकास, नेतृत्व क्षमता अभिवृद्धि र अनुशासित नागरिक उत्पादन गर्न २०२२ सालमा राष्ट्रिय सेवा दलको गठन गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ३ : ४० बजे

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को