उपचारका लागि दिल्ली पुगेका डा. भट्टराई भने : अत्यन्त लज्जित छु « Khabarhub

उपचारका लागि दिल्ली पुगेका डा. भट्टराई भने : अत्यन्त लज्जित छु


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जानुपरेकोमा आफू लज्जित भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दु:खित रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरूलाई धन्यावाद’ डा.भट्टाराइले ट्टविरमा लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको के होला?’

यस्तो छ उनको ट्वीट

डा भट्टराई नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे दिल्ली प्रस्थान गरेका थिए। पेटमा समस्या देखिएपछि लामो समयदेखि उनले काठमाडौँको निदान अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराईरहेका थिए। चिकित्सकको सिफारिसमा उनी दिल्ली गएका हुन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : २३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार