‘टाइगर ३’मा सलमानको पार्कर एक्सन « Khabarhub

‘टाइगर ३’मा सलमानको पार्कर एक्सन


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खानको सुटिङ हुने तयारीमा रहेको एक्सन फिल्म ‘टाइगर ३’लाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । आगामी मार्च ८ बाट सुटिङ शुरु हुने फिल्मका लागि सलमान पार्कर टेक्निक तालिम लिँदैछन् ।

समाचारअनुसार फिल्ममा सलमानको एक्सनपूर्ण भूमिका हुनेछ । आफ्नो भूमिकाका लागि सलमान स्ट्रिक्ट डाइट र वर्कआउट सेशन पछ्याइरहेका छन् । फिल्ममा ‘रअ’ एजेन्टको भूमिकामा देखिनका लागि सलमानले एक्सनका केही नयाँ टेक्निक देखाउदैछन् ।

सलमानलाई पूर्ण रुपमा फिट बनाउनका लागि निर्माता आदित्य चोपडाले दक्षिण अफ्रिकाबाट पूर्ण तालिमप्राप्त स्टण्ट कोओर्डिनेटरको एक समूह नियुक्त गरेका छन् । यो समूह मुम्बई पुगिसकेको छ । ‘बिग बोस १४’को ग्राण्ड फिनालेपछि सलमान यो समूहसँग पार्कर टेक्निकको तालिम लिनेछन् ।

फिल्मकै लागि सलमान पनवेलस्थित आफ्नो फार्म हाउसमा ‘प्रोवलिंग’को कला पनि सिकिरहेका छन् । ‘टाइगर ३’ को मुम्बई तालिका सकिनासाथ फिल्म युनिट दुबई र इस्तानबुल जानेछ ।
–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : ५० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय