एपीएफको २५ गुल्मपति तथा स्टाफ तालिम सम्पन्न « Khabarhub

एपीएफको २५ गुल्मपति तथा स्टाफ तालिम सम्पन्न


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिम आइतबार सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो तालिमका प्रशिक्षकहरुलाई प्रशंसापत्र समेत प्रदान गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा व्यावसायिक दक्षता अभिबृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालिमले अधिकृतहरुको बृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई कार्यक्षेत्रमा खटिदा उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतलाई सिकाउँदै कर्तव्यनिष्ठ भई सामुहिक भावनाकासाथ इमान्दारितापूर्वक सांगठानिक जिम्मेवारीका क्षेत्रहरुमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा कृयाशील रहनुपर्ने उनले बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले नागरिकको सेवा, सुरक्षा र आपद् विपदमा परेकाहरुको उद्धारमा देखाएको कर्तव्यपराणताको विभिन्न निकाय तथा नागरिक स्तरबाट समेत प्रशंसा भएको उल्लेख गरेका थिए ।

करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए । उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था