महाकाली करिडोर निर्माणमा उचित सहयोग रहने मन्त्री आलेको प्रतिबद्धता « Khabarhub

महाकाली करिडोर निर्माणमा उचित सहयोग रहने मन्त्री आलेको प्रतिबद्धता


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोर निर्माण सहज बनाउन सक्दो सहयोग हुने बताएका छन्।

भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उनले महाकाली करिडोरका लागि वन मन्त्रालयबाट भइरहेको बाधा व्यवधान हटाउने प्रतिबद्धता जनाएका हुन् ।

करिडोर कञ्चनपुरको ब्रम्हदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम पुग्ने छ ।

उनले नेपाल र भारतबीच जोड्न महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलका लागि २५० क्वीन्टलका ढुङ्गा आवश्यकता परेको र वनको मापदण्डअनुसार समस्या भएको गुनासोलाई वन मन्त्रालयले सहज बनाउने बताए ।

मन्त्रालयले सात वटै प्रदेशमा चिडियाखाना निर्माणको पहल गर्ने मन्त्री आलेलेले जानकारी दिए । साथै उनले नेपालमा पनि २५ ठाउँमा खुला चिडियाखाना बनाइने बताए ।

कञ्चनपुरमा २०५८ सालदेखि समस्याका रूपमा रहेको आररक्ष विस्थापितको समस्यालाई समाधान गर्न मन्त्री आलेले चाँडै जग्गाधनी बनाउने गरेर प्रक्रिया थाल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विघठित संसद्का सांसद निरू पाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी, नगर प्रमुख सुरेन्द्र विष्टलगायतले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटनको आगमन बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : १७ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा