४३ दिनमा ‘चुरीफुरी’ प्याकअप « Khabarhub

४३ दिनमा ‘चुरीफुरी’ प्याकअप


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ ४३ दिनमा प्याकअप भएको छ । पुस अन्तिमबाट फिल्म छायांकन थालिएको थियो ।

आरबी मुभिजको ब्यानरमा निर्मित फिल्ममा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीपजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खातीलगायतका कलाकारको अभिनय छ ।

निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य र रिना ढकाल छन् । सह–निर्मातामा भने विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।

फिल्ममा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनीशा पौडेलको स्वर, भीमफेदी ग्रुपको, विजय आचार्यको कला निर्देशन र राहुल राईको छायांकन छ । फिल्मको रिलिज मितिको टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ४० बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको