‘शीरमा देश र मनमा मधेस’ राखेर काम गर्छु : प्रदेश प्रमुख झा « Khabarhub

‘शीरमा देश र मनमा मधेस’ राखेर काम गर्छु : प्रदेश प्रमुख झा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आज पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्ने बताए ।

उनले देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्ने मौका पाएकामा खुशी व्यक्त गर्दै विविधतालाई अवसरका रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति सद्भाव, प्रेम राख्दै प्रदेशलाई नमूना प्रदेश बनाउन आफ्नो सुझबुझ भ्याएसम्मको प्रयास गर्ने बताए ।

‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ, उनले भनेका छन्, ‘प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’

उनले आन्तरिक विभेद, असुरक्षा, कुनैपनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई सबै मिलेर समाधान गर्नुपर्ने जनाएका छन् ।

पदभार ग्रहण गर्नुअघि प्रदेश प्रमुख झाले जानकी मन्दिरमा पूजापाठ गरेका थिए । कार्यालय पुग्दा उनलाई नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।

आजै काठमाडौँबाट जनकपुर पुगेका उनलाई जनकपुर विमानस्थलमा १०१ किलोको फूलको मालाले स्वागत गरिएको थियो ।

उनले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : ०५ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा