पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. कामी अर्थात् आत्मा

शिन्तो धर्म संसारकै एक पुरानो धर्म मानिन्छ । जसका संस्थापक को थिए र कहिले सुरु भयो भन्ने बारेमा आजसम्म पनि ज्ञात छैन । शिन्तो धर्मावलम्बीहरुले ‘कामी’ अर्थात् आत्मा मान्ने गर्छन् र प्रकृति र पितृ पुज्ने गर्छन् ।

२. चकलेट

संसारमा सबैभन्दा बढी चकलेट उत्पादन गर्ने र खाने देश स्विट्जरल्याण्ड हो ।

३. स्पेनिस भाषा

स्पेनिस भाषा स्पेन देशको भाषा भए पनि सबैभन्दा बढी स्पेनिस भाषा बोल्ने देश मेक्सिको हो ।

४. इन्का र एजटेक

युरोपियनहरु मध्यअमेरिकामा पुग्नुअघि त्यहाँका आदिवासीहरु इन्का र एजटेकहरुले घोडा देखेकै थिएनन् ।

५. समय बाँडफाँड

ईसापूर्व ३००० सालमा मेसोपोटामिया (हाल इराक) का सुमेरियनहरुले घण्टालाई ६० मिनेट र ६० मिनेटलाई ६० सेकेन्डमा बाँडेका थिए ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५२ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै