'आइसक्रिम उद्योगमा नवीनतम उदाहरण- बास्किन रोबिन्स’ | Khabarhub Khabarhub

‘आइसक्रिम उद्योगमा नवीनतम उदाहरण- बास्किन रोबिन्स’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि.का अध्यक्ष श्री सौरभ ज्योतिले नेपाली ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन कार्यमा आफूहरु सक्रिय रहेको बताएका छन् ।

नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’ लाई सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि.का को साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ ।

विश्वमै रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रिम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधा दायक सेवा प्रदान गर्ने अठोट लिएको छ ।

सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि.को नाममा ज्योति ग्रुपले FMCG उद्योगको स्थापना गरेको हो ।

वर्षौं देखि आइसक्रीमको कारोबार गर्दै आएको SIIPL ले द्रुत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ ।
समग्ररुपमा भन्ने हो भने SIIPL हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।

बास्किन रोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किदै आएको छ जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् ।

यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नवीकरण गर्दै जाने जनाइएको छ ।

ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : १८ बजे

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

टक्सार– जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै

भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी