गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ | Khabarhub Khabarhub

गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी गुटबन्दीको अन्त्य गर्दै अघि बढ्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले पार्टीमा गुटबन्दीलाई प्रवेश गर्न नदिइने बताए । पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको सरकारका प्रवक्ता मन्त्री गुरुङको भनाइ छ ।

आफूले गरेको गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पनि एमालेमा स्वागत गर्ने उनले बताए । मन्त्री गुरुङले भने, “गल्ती महसुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टीभित्र स्वागत गरिनेछ ।”

मन्त्री गुरुङले नेकपा (एमाले) सँग अहिले दुवै हातमा लड्डुु रहेको बताए ।

उनले पार्टीलाई सरकारमा रहँदा आफूले अघि सारेको समृद्धिको एजेन्डालाई कार्यान्वयन गरेर जाने र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर निर्वाचनमा बहुमत ल्याउने अवसर रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : २२ बजे

बझाङमा एमालेले उछिन्यो कांग्रेसलाई, १० मतको अग्रता

काठमाडौं – बझाङ प्रदेशसभा १ उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, मतान्तर, ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी