अहिले सत्तारूढ नेकपा एमालेभित्र दुई पक्षका बीचमा अस्तित्वको घनघोर लडाइँ चलेको छ । एउटा पक्षको नेतृत्व माधव नेपालले र अर्को पक्षको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् । कार्यकर्ता यी दुई गुटमा फराकिलो ढङ्गले विभक्त भएका छन् ।
नेपाल पक्षले देशभर तीव्ररूपमा समानान्तर कमिटीहरू बनाइरहेको छ । पार्टीभित्र अस्तित्वको लडाइँमा नेपाल पक्ष खुलेर लागेको छ । सिङ्गो एमालेको प्रतिनिधित्व आफ्नै समूहबाट भएको दाबी गर्दै नेपाल पक्षले ओली पक्षबाट भएका निर्णय नमान्ने घोषणा गरेको छ ।
एमालेको असली अनुहार नेपाल वा ओली कुन पक्षमा झल्किन्छ त ! यहाँ थोरै विवेचना गर्ने प्रयास गरिएको छ ।
मदन भण्डारीको अवसानपछि शक्तिशाली नेता बनेर उदाएका माधव नेपालले नेकपा एमाले निर्माणमा बलियो नेतृत्व गरे । २०५० सालदेखि महासचिव रहेका उनले पहिलो संविधानसभा निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै २०६५ सालमा राजीनामा दिएका थिए । एमाले मनमोहन अधिकारीको निधनपछि महासचिव संरचनामा गएको थियो । महासचिवका रूपमा माधव नेपालले एमालेलाई बलियो राजनीति दलमा स्थापित गरे ।
माधव नेपालले पार्टी महासचिवबाट राजीनामा दिएपछि नेतृत्वमा आए पूर्वमहासचिव झलनाथ खनाल । पार्टीको आठौँ महाधिवेशनमा ओलीलाई पराजित गर्दै खनाल अध्यक्ष भए । खनाल अध्यक्ष रहेकै बखत नेपाल प्रधानमन्त्री भएका थिए कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा ।
शान्ति प्रक्रियाका तीन मुख्य खम्बामध्येका एक हुन् माधव नेपाल । माओवादी युद्ध सदाका लागि अन्त्य गर्न कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल र माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य भूमिका निर्वाह गरेका थिए । माधव नेपाल राजनीतिमा निकै लचकता अपनाउन सक्ने नेता मानिन्छन् ।
कुनै बेलाका शक्तिशाली यिनै नेता माधव नेपालको यति वेला अग्निपरीक्षामा छन् । त्यो हो, एमालेको राजनीतिलाई कुन बाटो मार्फत अघि बढाउने भन्ने ।
शान्ति प्रक्रियामा आएको माओवादीको रापतापमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा एमाले नराम्रोसँग पराजित भयो । कांग्रेस पनि एमाले जसरी नै पराजित भएको थियो । हतियार बिसाएर चुनावमा गएको माओवादी पहिलो पार्टी बन्यो ।
एमालेका महासचिव माधव नेपाल दुई ठाउँबाट पराजित भए । उनले पदबाट राजीनामा दिने निर्णय गरे । पार्टीमा सल्लाह गर्न सबैलाई भेला गराए । उनले पार्टीको हारको नैतिक जिम्मेवारी लिएर महासचिवबाट राजीनामा दिए । उनको यो नैतिकताबोध अन्य दलहरूमा समेत अझै चर्चाको विषय बनेको छ ।
नेता नेपालले कांग्रेससँग मिलेर गणतन्त्र ल्याउने कसम खाएका थिए । भनिन्छ, गणतन्त्र ल्याउने गिरिजाप्रसाद र प्रचण्डको आन्तरिक सम्झौतामा माधव नेपाल मुख्य सारथि थिए ।
त्यस वेला ओली बयलगाडाको बयानमा थिए जो आजसम्म चर्चामा छ ।
माधव नेपाल गणतन्त्र स्थापना गर्न माओवादी, कांग्रेस र एमालेको सहकार्यका लागि संवाद गरिरहेका थिए । उनी कहिले सिलिगुडी त कहिले लखनउ पुगेर माओवादीसँग वार्ता गर्दै थिए । उनकै जोडबलले एमालेले गणतन्त्रको नीति अख्तियार गरेको थियो । कोइराला, नेपाल र प्रचण्ड गणतन्त्रका नायक भए ।
माधव नेपाल शान्ति प्रक्रियाका निर्णायक व्यक्तिमध्येका एक हुन् । त्यो बेला संयुक्त राष्ट्रसंघको शान्ति मिसन (अनमिन) हट्ने संकेत थिएन । प्रधानमन्त्री थिए उनै माधव नेपाल । उनले अनमिनको म्याद थप्न इन्कार गरिदिए । अनमिन बाहिरियो । अनमिन बाहिरिएसँगै माओवादीमाथि दबाब पर्यो । प्रधानमन्त्री नेपालकै नेतृत्वमा माओवादी लडाकु दस्ता नेपाली सेना मातहत आयो । यसमा पनि नेपालले मुख्य भूमिका निर्वाह गरेका थिए ।
एमाले र माओवादीबीच एकीकरण गर्ने निर्णय माधव नेपाल नेतृत्वमा छँदै भएको थियो । एकीकरणको मुख्य बाधक थिए ओली । आफू नेतृत्वमा आएपछि उनैले एकीकरण गराए । एकीकरणपछि ओली र प्रचण्डको मोर्चा बलियो भयो । माधव नेपाल ओझेलमा परे तर उनले धैर्य गुमाएनन् ।
माधव नेपालले पार्टी महासचिवबाट राजीनामा दिएपछि नेतृत्वमा आए पूर्वमहासचिव झलनाथ खनाल । पार्टीको आठौँ महाधिवेशनमा ओलीलाई पराजित गर्दै खनाल अध्यक्ष भए । खनाल अध्यक्ष रहेकै बखत नेपाल प्रधानमन्त्री भएका थिए कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा ।
त्यस बेला दलहरूको आन्दोलन चलिरहेको थियो । नेता नेपालले समन्वयात्मक भूमिका निर्वाह गरेर शान्तिपूर्णरूपमा आन्दोलन अवतरण गराए । उनले प्रचण्डसँग वार्ता गरेरै आन्दोलन अन्त्य गराएका थिए ।
खनालको नेतृत्वमा एमाले २०७० सालको संविधानसभा निर्वाचनमा सहभागी भयो । एमाले फेरि शक्तिशाली पार्टी बन्यो । यो घडीसम्म ओली एमालेमा दोस्रो दर्जाको नेतामा मात्र सीमित थिए । उनलाई न एमालेले कुनै निर्णायक भूमिका दिएको थियो न अन्य पार्टीहरूले विश्वास गर्थे । उनी माओवादीका विरुद्ध खरो बोल्थे तर परिवर्तनलाई सहज आत्मसात गरेका थिएनन् ।
पार्टीभित्र सधैँ प्रतिपक्षी कित्तामा रहेका ओलीले गरेका पार्टी हितविपरीतका काम नेपाल र खनालले सधैँ बेवास्ता गरे । ओलीको आत्मकेन्द्रित भूमिकालाई एमालेको संस्थापनले बेवास्ता गर्थ्यो । उनको विरोध वा समर्थनले त्यो बेलाको समयमा खासै अर्थ राख्दैन थियो । आठ वर्षअघिसम्म ओली पार्टीमा भूमिकाशून्य अवस्थामा थिए ।
२०७१ सालको नवौँ महाधिवेशनमा ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनले गुटलाई प्राथमिकतामा राखे । पार्टीभित्र खासै गुटको राजनीति नगरेका खनालसँग ओलीलाई डर थिएन । डर थियो त नेपालसँग । नेपाललाई किनारा लगाउन ओलीले सबै अस्त्र प्रयोग गरे । आश र त्रासमा पारेर नेता, कार्यकर्ताको कित्ता परिवर्तन गराउन थाले । प्रलोभनमा नपर्नेहरू पेलानमा पर्न थाले ।
जिम्मेवारी दिँदा बरियता, योगदान र योग्यताभन्दा गुट प्राथमिकतामा पर्न थाल्यो । बैठक बस्न छाड्यो । निर्णय मदन भण्डारी फाउन्डेशनमा हुन्न थाल्यो ।
नेपाल पक्षका नेताहरू पेलानमा पर्न थाले । यसको एक ज्वलन्त उदाहरण हुन् वरिष्ठतम नेत्री अष्टलक्ष्मी शाक्य । अघिल्लो आफूलाई मन्त्री बनाउन शाक्यसँग आग्रह गरेका डोरमणि पौडेल भोलिपल्ट संसदीय दलका नेता बनाइए ।
नेतृत्वको आलोचना गर्न नीतिगत सवालमा मात्र केन्द्रित रहने छवि बनाएकी र शालीन स्वभावकी शाक्य अहिले ओलीका विरुद्ध ओलीकै सामु सबैभन्दा प्रष्ट अभिव्यक्ति दिने नेत्री मानिन्छिन् ।
माधव नेपाल उनको राजनीतिक जीवनको सबैभन्दा कठिन र महत्त्वपूर्ण घडीमा छन् । एमालेभित्र सल्किएको आगोबाट ऊर्जा लिने कि खरानी हुने, उनकै निर्णयमा भर पर्नेछ । माधव नेपालको कदमले व्यक्तिगत वा उनको समूहको मात्रै होइन देशकै भविष्यको दिशा तय गर्नेछ ।
एमाले र माओवादीबीच एकीकरण गर्ने निर्णय माधव नेपाल नेतृत्वमा छँदै भएको थियो । एकीकरणको मुख्य बाधक थिए ओली । आफू नेतृत्वमा आएपछि उनैले एकीकरण गराए । एकीकरणपछि ओली र प्रचण्डको मोर्चा बलियो भयो । माधव नेपाल ओझेलमा परे तर उनले धैर्य गुमाएनन् ।
फेरि अहिले १२ वर्षपछि माधव नेपाल एमालेको आन्तरिक विवादमा कडा अग्नि परीक्षामा छन् । सम्भवत यो उनको अन्तिम परीक्षा हुनेछ । यो अग्नि परीक्षामा खरो उत्तीर्ण हुन सके भने २०५० सालपछि एमालेलाई शक्तिशाली बनाएको भागिदारी उनले इतिहासमा पाउनेछन् । यो परिणाममा पुग्न डटेर लड्नुपर्ने हुन्छ ।
यति वेला माधव नेपालसँग दुई वटा विकल्प छन् । पहिलो, एमालेभित्र डटेरर प्रतिवाद गर्दै चुनावसम्म पुग्ने । दोस्रो, माओवादी केन्द्रलाई समेत एकीकरण गरी कम्युनिस्ट पार्टी बनाउने । यसैमा हुनेछ उनको अग्नि परीक्षा ।
यी दुवै विकल्पमा उनलाई दूरदृष्टि र सुझबुझ आवश्यक पर्छ । उत्तेजना र अधिरताले उनलाई केन्द्रीय राजनीतिबाट सधैँका लागि पाखा पार्नेछ ।
प्रचण्डसँग एकता गरेर नयाँ पार्टी बनाउन र अघि बढाउन यो जमानामा कठिन छैन । यो जमाना डिजिटल हो । सामाजिक सञ्जाल लगायत सञ्चारका अधुनिक माध्यमबाट नयाँ पार्टीलाई जनतामाझ पुर्याउन सकिन्छ । ओलीको गैरराजनीतिक शैली लाखौँ जनताको पहुँचमा भएको सामाजिक सञ्जालले क्षणभरमा फैलाइदिन्छ । मूलधारका मिडिया र नागरिक समाजका अधिकांश प्रबुद्ध व्यक्तिहरू ओलीको शैलीमा विमति राख्छन् । यसले पनि माधव नेपाललाई सहज हुनेछ ।
माधव नेपाल उनको राजनीतिक जीवनको सबैभन्दा कठिन र महत्त्वपूर्ण घडीमा छन् । एमालेभित्र सल्किएको आगोबाट ऊर्जा लिने कि खरानी हुने, उनकै निर्णयमा भर पर्नेछ । माधव नेपालको कदमले व्यक्तिगत वा उनको समूहको मात्रै होइन देशकै भविष्यको दिशा तय गर्नेछ ।
प्रतिक्रिया