सरकारी मूल्यमा गहुँ खरिद शुरू « Khabarhub

सरकारी मूल्यमा गहुँ खरिद शुरू


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय वीरगञ्जले मङ्गलबार किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ ।

संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो ।   यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् ।

सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री गर्न थालेको किसान विजय पण्डितले बताए ।

सङ्घीय सरकारले यस वर्ष तीन हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ । पहिलो दिन मङ्गलबार ४० क्विन्टल गहुँ खरिद गरिएको कार्यालय प्रमुख विकास कटुवालले बताए ।

संस्थानले एक किसानसँग बढीमा ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।

अहिले गहुँको बजार मूल्य प्रतिक्विन्टल रु तीन हजार रहेको छ । स्थानीय मैदा मिलहरूले प्रतिक्विन्टल रु तीन हजार १०० का दरले किसानसँग खरिद गर्दै आएका छन् ।

पर्सामा यस वर्ष किसानहरुले २६ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले सोना मन्सुली धान ३५ हजार क्विन्टल र जिरामसिनो धान ११६ क्विन्टल खरिद गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : १० बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ